वीरगञ्ज कारागारबाट कैदी फरार,सीमामा सुरक्षा कडा

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार १२:३३

वीरगञ्ज । पर्साको वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।

पोखरिया नगरपालिका–सतबरिया निवासी सुनील साह कारागारको सुरक्षा घेरा तोडेर फरार भएका हुन्। उनी आज कारागार परिसरमा सरसफाइ गर्ने क्रममा भागेको जनाइएको छ।

कैदी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ। फरार कैदीको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिए।

वीरगञ्ज भारतसँगको खुला सीमाक्षेत्र नजिक रहेकाले साह भारततर्फ भाग्न सक्ने आशङ्का गरिएको छ। त्यसलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा सुरक्षा निगरानी र जाँच कडा पारिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.