
काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराका लागि युवराजले ३२ बलमा ५० रन पूरा गरेका हुन्। उनले आफ्नो पारीमा पाँच चौका र दुई छक्का प्रहार गरे।
यसअघि युवराजले कर्णालीविरुद्ध १०२ रनको शतकीय पारी खेल्दै जारी सिजनको पहिलो शतक बनाएका थिए।
समाचार तयार पार्दासम्म पोखराले ९.४ ओभरमा तीन विकेट गुमाएर ६४ रन बनाएको छ।



















