
काठमाडौं । सर्वोच्च अदालतले चार जना नयाँ न्यायाधीश पाएको छ । नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै सर्वोच्च अदालतमा उनीहरूको औपचारिक कार्यकाल सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले चारै जना न्यायाधीशलाई शपथ गराएका हुन् । शुक्रबार नै राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नियुक्त हुने चारै जना यसअघि उच्च अदालतमा मुख्य न्यायाधीश तथा न्यायाधीशका रूपमा कार्यरत थिए ।

























