प्रदेशस्तरीय छनोटमा कोशीका नौ जिल्लाको क्रिकेट टोली

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १३:५१

विराटनगर । कोशी प्रदेशका पाँच जिल्लाका क्रिकेट संघले मात्रै नेपाल क्रिकेट संघ (क्यान) बाट मान्यता पाए पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित प्रदेशस्तरीय छनोटमा नौ जिल्लाले सहभागिता जनाएका छन् । मान्यता प्राप्त जिल्लाबाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगितामा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको देखिएको छ ।

कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरका क्रिकेट संघले मात्रै क्यानबाट मान्यता पाएका छन् । प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको दशौँ राष्ट्रिय खेलकुदका लागि पुरुष क्रिकेट छनोट प्रतियोगितामा भने प्रदेशका नौ जिल्लाका टोली सहभागी भएका छन् । प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा पहिलोपटक यति धेरै जिल्लाको सहभागिता भएको बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए ।

विराटनगरस्थित मेरिलिबोन क्रिकेट मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरसँगै धनकुटा, पाँचथर, खोटाङ र ताप्लेजुङका टोली सहभागी छन् । मंसिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबाट दशौँ राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिनेछ ।

क्यानबाट मान्यता पाएका पाँच जिल्लामा मात्रै सीमित नभई अन्य जिल्लाका खेलाडीलाई समेत प्रदेशस्तरीय छनोटमा अवसर दिइनुले प्रतियोगिताको दायरा फराकिलो बनेको सदस्यसचिव घोषले बताए । उनका अनुसार नौ जिल्लाको सहभागिताले राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटसँगै प्रदेशका विभिन्न जिल्लामा क्रिकेट खेलिरहेका खेलाडीको क्षमता पहिचान गर्ने अवसरसमेत सिर्जना गरेको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.