पाथीभरामा भक्तजनको घुइँचो, एकै दिन ११ हजारभन्दा बढीले गरे दर्शन

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १५:०५

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न आउने भक्तजनको चहलपहल चिसो मौसममा पनि घटेको छैन । शनिबार मात्रै ११ हजार २ सय ७२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका राजेन्द्र महतका अनुसार शनिबार र मंगलबार मन्दिरमा भक्तजनको बढी चहलपहल हुने गरेको छ । दसैँलगायत चाडपर्वका अवसरमा पनि देशका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु आउने गरेका छन् । मनोकामना पूरा हुने विश्वासका साथ भाकल गर्न र भाकल पूरा भएपछि दर्शन तथा पूजाआजा गर्न भक्तजन पाथीभरा पुग्ने गर्छन् ।

समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा हिन्दू धर्मावलम्बीको प्रमुख तीर्थस्थलमध्ये एक हो । देवीको दर्शनले मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण नेपालका विभिन्न जिल्ला तथा भारत, भुटानलगायत देशबाट पनि श्रद्धालु यहाँ आउने गरेका छन् । पाथीभरा हिन्दूका साथै बौद्ध धर्मावलम्बीका लागि पनि आस्थाको केन्द्र मानिन्छ ।

पाथीभरा पुग्ने भक्तजनले धार्मिक आस्थासँगै यहाँको प्राकृतिक सौन्दर्यको पनि अनुभव गर्न पाउँछन् । मन्दिर परिसरबाट कञ्चनजङ्घा र कुम्भकर्णलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यात्राका क्रममा हरियाली पहाड, वनजङ्गल र हिमाली दृश्यले पनि पर्यटकलाई आकर्षित गर्छन् ।

उच्च पहाडी क्षेत्रमा अवस्थित भएकाले पाथीभरामा चिसो बढ्दै गएको छ । यहाँको तापक्रम जाडोयाममा शून्य डिग्री सेल्सियस आसपास पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । कठिन पैदल यात्रापछि पुगिने यो तीर्थस्थलमा चिसोको पर्वाह नगरी भक्तजनको आगमन जारी छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.