आईजीपी बढुवासम्बन्धी रिटमा सर्वोच्चद्वारा शब्दावली संशोधन

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १४:५४

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी विवादमा दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा डा. मनोजकुमार के.सी.को पद उल्लेख गर्दा भएको त्रुटि सच्याएको छ। रिट निवेदनमा टाइप गर्दा शब्दावली गलत परेको भन्दै कार्कीले संशोधनका लागि निवेदन दिएपछि अदालतले शुक्रबार त्यसलाई सच्याउन आदेश दिएको हो।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले रिट निवेदनको पहिलो पानाको दोस्रो हरफमा उल्लेख भएको ‘बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक’ भन्ने शब्दावली हटाएर त्यसको सट्टा ‘बढुवा गरिएका प्रहरी महानिरीक्षक’ कायम गर्ने आदेश दिएको छ।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १९ बमोजिम इजलासले उक्त संशोधनको अनुमति दिएको हो। साथै, संशोधनसम्बन्धी आदेशलाई रिट निवेदनकै अभिन्न अङ्ग मानी मिसिलमा संलग्न गर्न पनि अदालतले निर्देशन दिएको छ।

यसअघि मंसिर २ गते सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो। सोही आदेशअनुसार मंसिर ३ गते प्रहरी प्रधान कार्यालय, नक्सालका नाममा सूचना म्याद जारी गरिएको थियो। शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले हस्ताक्षर गरेको उक्त सूचनामा भने केसीको पद उल्लेख गर्दा रिट निवेदनमा संशोधन हुनुअघिकै शब्दावली प्रयोग भएको थियो।

अदालतबाट जारी सूचनामा बाटोको म्यादबाहेक सूचना प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत आवश्यक प्रमाण तथा कागजातसहित लिखित जवाफ पेस गर्न भनिएको छ।

त्यसैगरी, रिटमा माग गरिएको अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न मंसिर ७ गतेका लागि पेसी तोकिएको छ। उक्त दिन अदालतमा उपस्थित हुन पनि प्रहरी प्रधान कार्यालयलाई जारी सूचनामार्फत जानकारी गराइएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.