झापा महिला गोल्डकपः विभागीय टोली एपीएफ र थिम्पु राभेन खेल्दै

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार ०९:२६

झापा ।  झापा महिला गोल्डकपको तेस्रो क्वार्टर फाइनलमा सोमबार (आज) विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन्स फुटबल क्लब खेल्दै छन् ।

नेपालकै सर्वाधिक पुरस्कार राशिको दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकप शिवसताक्षीस्थित दुधे रंगशाला जारी छ । तीन दिनअघि धरानमा उपाधि जितेर आएको एपीएफले सेमिफाइनल प्रवेशका लागि भुटानी टिमको सामना गर्दैछ ।
एपीएफले राष्ट्रिय टिमका सदस्य एञ्जिला तुम्बापो, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ, सरु लिम्बू, रेनुका नगरकोटी, निशा थोकर, अञ्जना राना मगर, मनमाया दमाई लगायतका खेलाडी मैदानमा उतार्ने छ ।

त्यस्तै, भुटानको थिम्पु राभेन फुटबल क्लबले भुटानको राष्ट्रिय लिग खेलिसकेका खेलाडी, केही नेपाली लगायतका अनुभवी खेलाडी टिममा समावेश गरेको छ ।

प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी एफसी र सशस्त्र प्रहरीको एपीएफ एफसीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

तपाइको प्रतिक्रिया
बालेन र मोदीद्वारा पाँच परियोजनाको उद्घाटन र शिलान्यास
दिल्ली भ्रमणले देखाएको सहकार्यको नयाँ बाटो
बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने मोदीको घोषणा
भारत भ्रमणमा रहेका बालेनले दिए मोदीलाई नेपाल आउने निम्तो
सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक
आईजीपी केसीले म्याद नबुझेपछि दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित
दुहबीमा ५६ करोडको फोहोरमैला व्यवस्थापन परियोजना बन्ने
कन्याममा घोडचढी व्यवसायले बढायो रोजगारी
प्रधानमन्त्री शाहद्वारा मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन उपहार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.