
काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको हो ।
भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन् ।
भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकरसहित उच्च सरकारी अधिकारी सहभागी छन् ।
त्यसअघि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए ।
यसपछि नेपाल र भारतका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा पनि सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

























