कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद सुरु

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार ०८:०७

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज मंगलबारदेखि सुरु हुँदैछ। औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर १६ गते गर्ने भए पनि केही खेलका प्रतिस्पर्धा आजैबाट सुरु हुनेछन्।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । कुल १ हजार ३३७ पदकका लागि हुने प्रतियोगितामा ७४० खेलाडी सहभागी हुँदैछन्। प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन् भने सल्यान, दैलेख, कालीकोट, पश्चिम रुकुम, जुम्ला, बाँके र बर्दियामा पनि विभिन्न खेल आयोजना गरिनेछ।

प्रतियोगिता सुरु हुनुअघि सोमबार वीरेन्द्रनगरमा नवनिर्मित कर्णाली प्रदेश रंगशालाको उद्घाटन तथा हस्तान्तरण गरिएको छ। प्रतियोगिताको प्रचारप्रसारका लागि यसपटक ट्रफी टुर आयोजना नगरिए पनि ओलम्पिक टर्च दैलेखको पञ्चकोसी क्षेत्रमा रहेको प्राकृतिक ज्वालाबाट बालिने तयारी गरिएको छ।

यसअघि पाँचपटक मिति परिवर्तन भएपछि राष्ट्रिय खेलकुद आयोजना हुन लागेको हो। सुरुमा २०८१ मंसिरमा गर्ने तय भएको प्रतियोगिता पूर्वाधार, आर्थिक स्रोत र व्यवस्थापकीय तयारीको समस्याका कारण पटक पटक सर्दै आएको थियो। अन्ततः राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बोर्ड बैठकले मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो।

व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य विजेताले आठ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। कर्णालीमा आयोजना हुन लागेको यस प्रतियोगितालाई प्रदेशको खेलकुद विकास, खेलाडीको प्रतिभा पहिचान र खेल पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
कन्याममा चिया महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद सुरु
कोशीको लेलेप आसपास ५.४ म्याग्निच्युडको भूकम्प 
पर्यटकले भरिँदै मुन्दुम पदमार्ग, चखेवाका होटेलमा चहलपहल
इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्ने निर्णयमा अदालतको रोक 
देशभर मौसम मुख्यतया सफा रहने, तीन प्रदेशमा राति आंशिक बदली
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
भीमफेदी दुर्घटना: ४८ घण्टामा चालकले चलाए गाडी ३३ घण्टा, शारीरिक थकान र बढी यात्रु प्रमुख कारण
कर्णाली रंगशाला कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण
कोशीमा सुरक्षित यात्रा अभियान सुरु, इमानदार चालक सम्मानित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.