
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६ हजार ९ सय ६० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा १०५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य घटेर आज ३ हजार ४० रुपैयाँ कायम भएको छ । १० ग्राम चाँदीको मूल्य २ हजार ६ सय ६ रुपैयाँ ५० पैसा तोकिएको छ ।

























