श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार ११:०८

काठमाडौं । बिचौलिया इनम सापकोटासँग सम्बन्ध देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा परेको छ ।

अदालतमा सेटिङ मिलाउने गरेको आरोपमा पक्राउ परेका सापकोटासँग श्रेष्ठको सम्बन्ध देखिएको र केही आर्थिक कारोबारसमेत भएको खुलेपछि उनी अनुसन्धानमा तानिएका थिए ।

काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

यस प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.