इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार ०८:१६

कायरो । इजिप्टको राजधानी कायरोमा इन्धन बोकेको ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

बुधबार साँझ कायरोको वर्राक क्षेत्रस्थित रिङ रोडमा इन्धन ट्यांकर दुर्घटनामा परेको थियो। दुर्घटनापछि ट्यांकरमा आगलागी हुँदा आगो आसपासबाट गुडिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार आगलागीमा जलेका तथा धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएका घाइतेहरूलाई नजिकैका अस्पतालमा पुर्‍याएर उपचार गरिएको छ। आगलागीका कारण राजमार्गमा रहेका कैयौँ सवारीसाधन जलेर नष्ट भएका छन्।

सरकारी सञ्चारमाध्यमका अनुसार ट्यांकर पल्टिएपछि त्यसमा रहेको पेट्रोल सडकमा पोखिएको थियो। त्यसपछि आगो अन्य सवारीसाधनमा फैलिएको प्रारम्भिक विवरणमा उल्लेख छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा राजमार्गमा आगोका ठूला लप्का र आकाशमा फैलिएको बाक्लो कालो धुवाँ देखिएको छ।

सरकारी अखबार अल–अहरामले अनुसन्धानसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै ट्यांकर अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको जनाएको छ। त्यसपछि ट्यांकर डिभाइडर पार गर्दै पल्टिएको र आगलागी भएको बताइएको छ।

यद्यपि, दुर्घटना र आगलागीको आधिकारिक कारणबारे अधिकारीहरूले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म
धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै
संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल
फोहोरलाई ऊर्जामा बदल्ने परियोजना देशभर विस्तार गरिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.