मेनुका र नवीनको स्वरमा मौलिक ‘उधौली र उभौली साकेला’ सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १०:१४

विराटनगर । गायिका मेनुका राई र गायक राई नवीनको संयुक्त स्वरमा तयार पारिएको नयाँ गीत ‘उधौली र उभौली साकेला’ सार्वजनिक भएको छ। गीतकार चन्द्र जयपाल राईको शब्द र गायक स्वयम् राई नबिनको संगीतमा तयार भएको यस गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

गीतको विषयवस्तु किरात समुदायको महत्वपूर्ण चाड उधौली र उभौलीसँग जोडिएको छ। प्रकृति, भूमि र पुर्खाप्रति आस्था व्यक्त गर्दै मनाइने यी सांस्कृतिक पर्वहरूको विशेषतालाई गीतमा सुन्दर ढङ्गले चित्रण गरिएको छ। नयाँ खेतीपाती सुरु हुनुअघि प्रकृति र देवतासँग समृद्धिको कामना गर्ने किरात परम्परा, साकेला नृत्य, मौलिक भेषभूषा र परम्परागत बाजागाजाको महत्वलाई गीतले समेटेको छ।

राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेको यो गीत ‘स्टुडियो किङ’मा रेकर्ड गरिएको हो। गीतको रेकर्डिङ सुरेश पायल राईले गरेका हुन् भने निर्माता बिना राई रहेकी छन्। गीतसँगै सार्वजनिक गरिएको भिडियोमा उधौली–उभौलीको सांस्कृतिक भाव, सामूहिक नृत्य र जीवनशैलीलाई जीवन्त रूपमा उतारिएको छ। धन खालिङको निर्देशनमा बनेको भिडियो जस्केलो क्रियशनले निर्माण गरेको हो। मौलिक संस्कृति, सशक्त शब्द र सुमधुर संगीतको संयोजनले गर्दा यो गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.