अध्यादेश बारे गगन थापा : सरकार गलत ढंगले अघि बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार १६:२१

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अध्यादेश प्रकरणमा सरकार गलत ढंगले अघि बढेको बताएका छन् । नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउन पाउने भएपनि त्यसको प्रक्रिया हुने बताए । सरकारको शैली भने गलत भएको उनले बताए ।

उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाए । ‘यो त नयाँ काम गर्छु भनेर आएको छ, उसले कानुनले शासन गर्ने सोचिएको छ,’ उनले भने,‘ मसँग कानुन बदल्ने अधिकार छ बदल्दिन्छु, ठोक्दिन्छु, हान्दिन्छु, मलाई चिन्ता लागिरहेको छ, जसरी काम भइरहेको छ यसले ठिक ठाउँमा लाँदैन।’
र्
‘सरकारले अध्यादेश ल्याउन पाउँछ, म सरकारले अध्यादेश ल्याएर शासन गर्न पाइँदैन भन्दिनँ, हिजो हामीले पनि ल्याएका हौँ, संविधानले अधिकार दिएको छ, कहिलेकाहीँ कार्यकारीले आवश्यकताअनुसार काम गर्नको लागि ल्याउँछ। तर त्यसको पनि एउटा आधार हुन्छ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.