विद्या भण्डारीको गुनासो : ‘एमाले नै हुँ, तर सदस्यता होल्डमा छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार १५:४५

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेमै रहेको बताएकी छन् । नुवाकोट पुगेकी भण्डारीले पार्टीका नेता कार्यकर्तासँग यस्तो बताएकी हुन् । नेकपा एमालेको सदस्य नवीकरण गरिसकेको भए पनि अहिले होल्डमा रहेको उनको भनाइ छ । उनले एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन भएको बताइन् ।

‘एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन हो, प्रगतिशीलहरूको, सामाजिक न्यायका पक्षधरहरूको सङ्गठन हो ,’ उनले भनिन्,‘म अनेक हिसाबले जोडिएको छु, तपाईँहरूले माने पनि नमाने पनि मैले एमालेको मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अहिले होल्डमा छ ।’

‘म २०३७ सालको पार्टी सदस्य हो । अहिले एमाले हुँ, त्यतिखेर माले थियो, माले हुँदै एमाले भएको हो । एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएको छ, त्यसको जस मदन भण्डारीलाई जान्छ । मदन भण्डारीको म श्रीमतीको नाताले पनि तपाईँहरू मलाई सम्झिनुहुन्छ,’ उनले भनिन्,‘एमालेको नामसँगसँगै जबज, जबजसँगसँगै मदन भण्डारी र त्यससँगै अनेक हिसाबले म जोडिएको छु ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.