
काठमाडौं । युएईविरुद्धको खेलमा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले शतक प्रहार गरेका हुन्। ९४ बलमा शतक प्रहार गरेका हुन्। उनले १३ चौका र एक छक्का प्रहार गरे ।
एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो। उनले यसअघि २६ मार्च २०२२ मा पिएनजीविरुद्ध यसै मैदानमा १०५ रनको पारी खेलेका थिए ।

























