मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिने

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १२:२१
एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ

काठमाडौँ। मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन्। मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन्। ‘एमाले र राप्रपाबाट उम्मेदवारी फिर्ताको निवेदन आएको छ, औपचारिक निर्णय दिउँसो १ बजेपछि हुन्छ,’ अधिकृत पौडेलले भने।

मनाङमा एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवारी दर्ता गरेका थिए। निवेदन स्वीकृत भएपछि अब उनीहरू चुनावी प्रतिस्पर्धामा रहने छैनन्। मनाङमा यसअघि पाँच जनाको उम्मेदवारी परेको थियो।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भने तोकिएको समयभन्दा ढिलो निर्वाचन अधिकृतको कार्यालय पुग्दा उम्मेदवारी दर्ताबाट वञ्चित भएका थिए। नेपाली कांग्रेसबाट भने यसअघि निर्वाचित टेकबहादुर गुरुङ पुनः उम्मेदवार बनेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.