मलंवामा आइतबार साँझ सब–इन्जिनियरमाथि गोली प्रहार 

Share this
634shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३, आइतबार २१:३७
आइतबार साँझ सब–इन्जिनियरमाथि गोली प्रहार 

काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक सरकारी कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवमाथि कार्यस्थल नजिकै आक्रमण भएको प्रहरीले जनाएको छ ।

सिराहाको सुखीपुर घर भई मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्ने यादवमाथि साँझको समयमा अज्ञात समूहले चलाएको गोली यादवको देव्रे छातीमा लागेको छ ।

गम्भीर घाइते भएका यादवको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेको हो ।

घटनापछि सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । घटनामा संलग्नको खोजी तीव्र पारिएको र घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.