३ महिनामा ६१४ जनाले त्यागे नेपाली नागरिकता

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १३:५८

काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा ६१४ जना नेपालीले आफ्नो देशको नागरिकता परित्याग गरेका छन्। गृह मन्त्रालयले हालै सार्वजनिक गरेको दोस्रो प्रगति विवरणअनुसार विदेशी नागरिकता लिने प्रक्रिया पूरा गर्नका लागि यति ठूलो संख्यामा नेपालीहरूले नागरिकता त्यागेका हुन्।

विशेषगरी अमेरिका, क्यानडा र युरोपेली मुलुकहरूमा स्थायी बसोबास (PR) गर्ने उद्देश्यले विदेश गएकाहरूले त्यहाँको नागरिकता प्राप्त गर्न नेपालको नागरिकता त्याग्नुपर्ने कानुनी बाध्यता छ। नेपालको कानुनले दोहोरो नागरिकतालाई मान्यता नदिने भएकाले विकसित मुलुकमा अवसर र सुविधा खोज्दै पलायन भएका नेपालीहरूले स्वदेशको परिचय त्याग्न बाध्य भएका हुन्। वैदेशिक रोजगारी, उच्च शिक्षा र विदेशी नागरिकसँगको विवाहका कारण पनि नागरिकता परित्याग गर्नेको संख्या बढ्दो छ।

यसै अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको विवरण संशोधन वा सुधार गरेका छन्। मन्त्रालयको तथ्यांकअनुसार तीन महिनामा कुल दुई लाख दुई हजार ९५६ वटा नागरिकता जारी भएका छन्। जसमा वंशजको आधारमा नागरिकता लिनेको संख्या एक लाख १९ हजार १२ छ भने २६ जनाले अंगीकृत र तीन हजार ३४० जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेका छन्।

पछिल्लो समय गैरआवासीय नेपाली नागरिकता लिने सुविधा भए पनि राजनीतिक र सामाजिक अधिकारको सीमाका कारण धेरैले विदेशी नागरिकता रोज्ने गरेको देखिन्छ। यसरी ठूलो संख्यामा दक्ष र युवा जनशक्तिले नागरिकता त्याग्नुलाई देशको भविष्यका लागि चिन्ताको विषय मानिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.