निर्वाचनमा शान्ति सुरक्षा र बालश्रमको विषयलाई लिएर आयोगको चिन्ता

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १४:१२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी निर्वाचनका क्रममा शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत बनाउन सरकार र सरोकारवाला निकायसँग आग्रह गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न भागमा भएका हिंसात्मक गतिविधि र विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

आयोगले पछिल्लो समय दाङमा दलका कार्यकर्ताबीच भएको झडप तथा रौतहट र पर्सामा विभिन्न समूहबीचको विवादका कारण निषेधाज्ञा जारी गर्नुपरेको घटनालाई निर्वाचन सुरक्षाको मुख्य चुनौतीका रूपमा लिएको छ। “यी घटनाहरूले निर्वाचनको स्वच्छ वातावरण र नागरिकको शान्ति सुरक्षामा गम्भीर प्रश्न उठाएको छ,” विज्ञप्तिमा भनिएको छ।

यसका साथै राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरूले एक-अर्काप्रति प्रयोग गर्ने अमर्यादित एवं घृणायुक्त अभिव्यक्तिले समाजमा थप उत्तेजना र मुठभेडको स्थिति सिर्जना गर्न सक्ने भन्दै आयोगले सचेत गराएको छ। आयोगले निर्वाचनको प्रचारप्रसार र राजनीतिक गतिविधिमा बालबालिकाको प्रत्यक्ष वा परोक्ष प्रयोग भइरहेको सूचना प्राप्त भएको भन्दै यस्तो कार्य निर्वाचन आचारसंहिता र बाल अधिकारको गम्भीर उल्लंघन भएको स्पष्ट पारेको छ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउनका लागि राजनीतिक दलहरूलाई संयमित हुन र सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आयोगले विशेष निर्देशन दिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.