टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा आज उच्च अदालतमा सुनुवाइ

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १२:५५

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनीहरूले उच्च अदालतमा निवेदन दिएका थिए।

न्यायाधीशद्वय ऋषि राजभण्डारी र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासमा यो मुद्दाको सुनुवाइ तोकिएको छ। रायमाझी र झाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ (२) बमोजिम थुनामुक्त हुन माग गरेका छन्। उक्त दफामा थुनामा रहेको अभियुक्त कसुरदार होइन भन्ने मनासिब आधार प्राप्त भएमा अदालतले जुनसुकै अवस्थामा थुनाबाट छाड्ने आदेश दिन सक्ने व्यवस्था छ।

यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उनीहरूलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो। सोही आदेश विरुद्ध रायमाझीले पुस २५ गते र झाले पुस ११ गते उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका हुन्।

भुटानी शरणार्थी प्रकरणमा २०८० असार १ गते जिल्ला अदालतले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशलाई उच्च अदालत पाटन र सर्वोच्च अदालतले समेत यसअघि सदर गरिसकेका छन्।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.