नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी र बेचन झाको मुद्दा स्थगित

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १७:३२

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ। उच्च अदालत पाटनमा बिहीबारका लागि तोकिएको पेसी सरकारी वकील कार्यालयको निवेदनका कारण स्थगित भएको हो।

न्यायाधीशद्वय ऋषि राजभण्डारी र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासमा यो मुद्दाको पेसी तोकिएको थियो। रायमाझी र झा दुवैले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ बमोजिम थुनामुक्त हुन माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। यसअघि जिल्ला अदालत काठमाडौँले उनीहरूलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनीहरू पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन्।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७१ (२) मा अभियुक्त कसुरदार होइन भन्ने मनासिब आधार देखिएमा मुद्दाको जुनसुकै अवस्थामा पनि अदालतले थुनाबाट छाड्ने आदेश दिन सक्ने व्यवस्था छ। रायमाझीले सोही दफामा टेकेर आफूलाई थुनामुक्त गर्न माग गर्दै आएका छन्।

भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि २०८० असार १ गते काठमाडौँ जिल्ला अदालतले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनीहरू कारागारमै रहेर कानुनी लडाइँ लडिरहेका छन्।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.