४८ थान राहदानीसहित विमानस्थलबाट महिला पक्राउ

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १७:४९
नाबालिकाको डिम्ब तस्करी गरेको आरोपमा ब्युटिसियन पक्राउ 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ थान राहदानीसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ निवासी ४५ वर्षीया तारा चन्द चौधरी छन्। उनलाई विमानस्थल सुरक्षा कार्यालयले भुटान एयरलायन्सको उडानमार्फत दिल्ली जान लागेका बेला नियन्त्रणमा लिएको हो।

नियमित सुरक्षा जाँचका क्रममा चौधरीको झोलामा विभिन्न व्यक्तिका नाममा जारी गरिएका ४८ थान राहदानी फेला परेका थिए। यति धेरै संख्यामा अरूका राहदानी बोकेर विदेश जानुको उद्देश्य शङ्कास्पद देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रारम्भिक सोधपुछका क्रममा उनले ती राहदानीका बारेमा चित्तबुझ्दो जवाफ दिन नसकेको बुझिएको छ।

यस घटनाले वैदेशिक रोजगारीका नाममा हुने मानव तस्कर वा गैरकानुनी कागजात संकलनको गिरोह सक्रिय रहेको सङ्केत गरेको छ। पक्राउ परेकी चौधरीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ। यति धेरै राहदानी उनले कहाँबाट र कसरी संकलन गरिन् भन्नेबारे प्रहरीले गहिरो अनुसन्धान सुरु गरेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.