प्रतिनिधिसभा निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी परिचालन

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १५, शुक्रबार १२:४८

काठमाडौं।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्। निर्वाचन आयोगले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमा रहेका २३ हजार ११२ मतदान केन्द्र र समानुपातिकतर्फका १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले मतदान केन्द्रको आकार अनुसार कर्मचारीको सङ्ख्या तोकिएको जानकारी दिए। उनका अनुसार पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र सोभन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइनेछ। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले नै प्रशिक्षण दिनेछ भने अन्य सहायक कर्मचारीहरूलाई सम्बन्धित मतदान अधिकृतले नै कार्यस्थलमा प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेसँगै मतदानका लागि आवश्यक सामग्री र मतपत्र बिहीबार नै सबै १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ। सुरक्षा व्यवस्था र कर्मचारी परिचालनको कामलाई व्यवस्थित बनाउँदै आयोगले फागुन २१ को मतदान कार्यलाई मर्यादित र सुरक्षित बनाउने लक्ष्य राखेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.