निर्वाचन सुरक्षाका कारण होलीका सार्वजनिक कार्यक्रममा रोक

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १५, शुक्रबार १२:५१

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न पूर्ण रूपमा रोक लगाएको छ। आगामी निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय लिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा खुला सडक र सार्वजनिक स्थानमा भिडभाड गर्ने, सांगीतिक कार्यक्रम गर्ने र मादक पदार्थ बिक्री वितरण तथा सेवन जस्ता कार्य नगर्न आग्रह गरिएको छ। निर्वाचन आचारसंहिता प्रतिकूल हुने कुनै पनि गतिविधि हुन नदिन प्रशासनले विशेष कडाइ गरेको हो। होली मनाउने बहानामा चुनावी प्रचारप्रसार हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै यस्तो कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले निर्वाचन चिह्न वा उम्मेदवारको तस्बिर अंकित कपडा, टोपी, मास्क, स्टिकर वा झोला प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। विशेषगरी होलीलाई लक्षित गरी निर्वाचन चिह्न अंकित टिसर्ट, गम्छा र ब्याचहरू लगाउन पाइने छैन।

होली पर्वलाई मर्यादित बनाउन कसैको इच्छाविपरीत रङ दल्न, अबिर हाल्न वा लोला हान्न समेत निषेध गरिएको छ। प्रशासनको यो निर्देशन उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.