फागुन २१ को चुनावबारे शंका नगर्न गृहमन्त्रीको आग्रह

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १५, शुक्रबार १५:२४

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न नै अब असान्दर्भिक भइसकेको बताएका छन्। शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले कुनै पनि द्विविधा नराख्न आग्रह गरे।

सुरक्षाका लागि विशेष योजना बनाएर लागू भइसकेको र निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएको अवस्थामा चुनावको मितिबारे शङ्का गर्नुको अर्थ नहुने मन्त्री अर्यालको भनाइ छ। गृहमन्त्री अर्यालसहितको उच्चस्तरीय टोली आज बिहानैदेखि निर्वाचनको सुरक्षा र तयारी बुझ्न विभिन्न जिल्लाको भ्रमणमा छ। सो टोलीले स्थानीय अधिकारीहरूबाट सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे जानकारी लिइरहेको छ।

यसअघि दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षणका क्रममा मन्त्री अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिने प्रतिबद्धता जनाएका थिए। विगतका कमजोरीलाई सच्याउँदै यसपटक धाँधलीरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए। साथै, सामाजिक सञ्जालमा फैलिने मिथ्या र भ्रमपूर्ण सूचनाबाट जोगिएर चुनावी तयारीमा जुट्न उनले सबैलाई आग्रह गरे।

अनुगमन टोलीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजङ्ग केसी, एआईजी गणेश ठाडा मगर लगायतका सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन्। टोलीले मतदान केन्द्रहरूको स्थलगत अनुगमनका साथै सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निर्वाचन केन्द्रित छलफललाई तीव्रता दिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.