पत्रकार आचार्यमाथि आक्रमण गर्ने ‘भोलेन्टियर्स फोर्स’का सदस्यविरुद्ध किटानी जाहेरी

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार १२:३१

विराटनगर। झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार सङ्कलनका क्रममा रहेका पत्रकार अर्जुनकुमार आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने नेकपा एमाले निकट ‘भोलेन्टियर्स फोर्स’का सदस्यहरू विरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

घाइते पत्रकार आचार्यले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकमा उपस्थित भई दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।

‘हाम्रोमत’ अनलाइनका कार्यकारी सम्पादक तथा रातोपाटीका संवाददाता आचार्यमाथि बिहीबार कमल गाउँपालिकाको जीवनचोकमा आक्रमण भएको थियो। (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीको घरदैलो अभियानका क्रममा केही महिलाहरूले ‘घण्टी’मा भोट हाल्ने बताएपछि एमाले कार्यकर्ताहरूले उनीहरूमाथि अश्लील गालीगलौज गरेका थिए। सोही घटनाको भिडियो खिचिरहेका आचार्यलाई भोलेन्टियर्स फोर्सको समूहले मुक्का र बुट प्रहार गर्दै निर्घात कुटपिट गरेको थियो।

आचार्यले दर्ता गरेको जाहेरीमा कमल गाउँपालिका–६ का युवराज पाठकसहित पाँच जनाको समूहलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरी कारबाही गर्न माग गरिएको छ। जाहेरीमा ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउन, लुटिएको मोबाइल र चस्मा फिर्ता गर्न तथा उपचार खर्च र क्षतिपूर्ति भराउन माग गरिएको छ।

आक्रमणका बेला एमाले अध्यक्ष ओली केही मिटरकै दुरीमा रहे पनि आफ्नै कार्यकर्ताले पत्रकार कुट्दा कुनै चासो नदेखाएको पीडितको गुनासो छ। आक्रमणपछि आचार्यलाई अपहरण गर्ने उद्देश्यले स्कारपियो गाडीमा चढाउन खोजिएको र दमक पुगेर ‘थप देखाइदिने’ धम्की दिइएको समेत जाहेरीमा उल्लेख छ।

हाल आचार्यको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको बताएका छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.