अर्किडले मनायो २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १७, आइतबार १४:४९
अर्किडले मनायो २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगरको अर्किड स्कुलले २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

सो अवसरमा स्कुलले एमबीबीएसमा पूर्ण छात्रवृत्ति पाएका मञ्जिल दाहाल र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएका अभिनव दत्तलाई सम्मान गर्‍यो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई सम्मानसमेत गरेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख सालिकराम दाहालले विद्यार्थीलाई सीप संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए । विद्यालयका अध्यक्ष अमित ढकालले गुणस्तरीय शिक्षाकै कारण अर्किड स्कुल विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको बताए ।

विद्यालयका निर्देशक दीपेश बास्तोलाले विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सदैव कटिबद्ध भएर अगाडि बढिरहेको बताए ।

वार्षिकोत्सव तथा अभिभावक दिवस बोल्दै प्रिन्सिपल मनिष भट्टराईले विद्यालय भनेको भवन र कक्षाकोठाको नाम मात्र होइन यो सपनाहरू बन्ने थलो हो, भविष्य निर्माण गर्ने आधार भएको बताए । उनले शिक्षा केवल पाठ्यपुस्तकमा मात्रै सीमित नभई प्रविधिमैत्री र सीप केन्द्रित बन्दै गएकाले शिक्षण पद्धतिलाई विद्यार्थी केन्द्रित प्रयोगात्मक प्रविधिसँग जोडिएको बनाउने दिशामा निरन्तर प्रयास गरिरहेको प्रस्ट्याए ।

स्कुलले शैक्षिक गतिविधि सँगसँगै अतिरिक्त क्रियाकलापहरू खेलकुद, सांस्कृतिक कार्यक्रम, लिडरसिप, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व जस्ता कार्यक्रममा विद्यार्थीलाई प्रत्यक्ष जोड्दै लगेको उनले बताए । घर र विद्यालयबीचको सहकार्यले मात्र विद्यार्थीको समग्र विकास सम्भव हुने प्रिन्सिपल भट्टराईले बताए ।

सो अवसरमा हिसानका केन्द्रीय सचिव राजेश कार्की, स्कुलका संस्थापक सदस्य बलराम पन्त, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतले स्कुलले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै आगामी दिनका लागि सफलताको शुभकामना दिएका थिए ।

वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यार्थीहरूले अभिनय, नृत्य, गायनलगायतका कला, प्रतिभा प्रस्तुत गरेका थिए ।

 

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×