ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सहज मतदानको व्यवस्था

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार ११:०६

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्रहरूलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको छ।

आयोगले अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती र सुत्केरी लगायतका मतदाताले सहज रूपमा मतदान गर्न पाउने गरी व्यवस्थापन गरिएको जनाएको हो।

आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कोही पनि वञ्चित हुन नपर्ने गरी आयोगले सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिइन्। उनले केन्द्रदेखि जिल्लासम्म अनुगमन अधिकृतहरूको व्यवस्था गरिएको र सूक्ष्म अनुगमनको समेत व्यवस्था मिलाइएको बताइन्।

‘कुनै पनि मतदान केन्द्रमा सबैको सहज पहुँच पुग्नुपर्छ भन्ने कुरामा आयोग दृढ छ र सोही अनुसार मतदान स्थलको व्यवस्थापन गरिएको छ,’ आयुक्त तुलाधरले भनिन्।

आयोगका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी र यौनिक अल्पसङ्ख्यकहरूले मतदानका लागि लाइनमा बस्नु पर्ने छैन। उनीहरूलाई तुरुन्तै मतदान गर्न पाउने गरी विशेष व्यवस्था मिलाइएको छ। आयुक्त तुलाधरले आम मतदातालाई सहज ढङ्गले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण बनाउन आयोगले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारिन्।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.