मोरङका मतदानस्थलमा पुगे कर्मचारी र सुरक्षाकर्मी, निर्वाचन सामग्री पनि पुर्याइयो

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार १९:२१

विराटनगर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङका सबै मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगेका छन् ।

उनीहरुलाई निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित सोमबारबाट खटाइएको छ । कर्मचारीहरुले सम्बन्धित केन्द्रमा पुगेर निर्वाचनका लागि आवश्यक तयारी गर्ने छन् । आगामी बिहीबार मतदान हुने छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, सुरक्षण सिल, स्वस्तिक छापलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलतर्फ गएका हुन् । मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् ।

मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र छन् । सबै मतदानस्थल एवं केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको जानकारी मोरङका मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले बताए ।

निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५२ प्रकारका सामग्री निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको जानकारी उनले दिए । निर्वाचन अधिकृतको कार्यालयले बुझाएको सामग्री सम्बन्धित मतदानस्थल र केन्द्रमा पुर्याइसकिएको छ ।

मोरङमा निर्वाचनका लागि ८ सय ८८ जना मतदान अधिकृत, ८ सय ८८ जना सहायक मतदान अधिकृत र ५ हजार ३ सय ४६ जना कर्मचारी खटाइएको छ । त्यस्तै, एउटा निर्वाचन क्षेत्रमा २ जनाका दरले हुने गरी सहसचिव र उपसचिव स्तरका कर्मचारीको नेतृत्वमा घुम्ती टोली परिचालन गरिएको छ ।

मोरङको ६ वटा निर्वाचन क्षेत्रमध्ये प्रत्येकमा २–२ जनाका दरले १२ जनाको घुम्ती टोली परिचालित छ । १ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.