
काठमाडौँ। भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर आजदेखि देशभर ३ दिन सार्वजनिक बिदा सुरु भएको छ। फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनका बेला तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
सरकारले निर्वाचन आयोगको सिफारिस बमोजिम आज फागुन २० गते, निर्वाचन हुने दिन फागुन २१ गते र निर्वाचनको भोलिपल्ट फागुन २२ गते सार्वजनिक बिदा दिएको हो। यही फागुन २१ गते मुलुकभर एकै चरणमा प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ।
बिदाको समयमा अत्यावश्यक सेवाहरू बाहेकका सरकारी कार्यालय, शिक्षण संस्था र सार्वजनिक निकायहरू बन्द रहनेछन्। निर्वाचनमा आम नागरिकको सहज सहभागिता सुनिश्चित गर्न र सुरक्षा व्यवस्थापनका लागि सरकारले यो कदम चालेको हो।

























