
विराटनगर। ओखलढुंगा सदरमुकाम नजिकै आज बुधबार बिहान एउटा टिपर दुर्घटना भएको छ। सोलुखुम्बु जाने सडकखण्डको रमाइलोडाँडाभन्दा केही माथि टिपर दुर्घटनामा परेको हो।
अनियन्त्रित भई टिपर सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको प्रकृति हेर्दा हताहती भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरी टोली अहिले घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटिरहेको छ।

























