रास्वपाकी आशिका तामाङको उम्मेदवारी खारेज भएको हल्ला गलत: आयोग

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १४:०५

काठमाडौं। धादिङ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको भनी फैलाइएको हल्ला पूर्ण रूपमा गलत रहेको निर्वाचन आयोगले स्पष्ट पारेको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज यो अफवाहको खण्डन गर्दै अहिलेसम्म आयोगले तामाङको उम्मेदवारी खारेजीका बारेमा कुनै पनि निर्णय नगरेको बताए। उनले भने, ‘यो पूर्ण रूपमा हल्ला मात्र हो, आयोगले यस्तो कुनै निर्णय गरेको छैन।’

घिमिरेले भ्रम फैलाउने हल्लाका पछि नलाग्न र आधिकारिक जानकारीमा मात्र विश्वास गर्न मतदाता एवं राजनीतिक दलहरूलाई आग्रह गरे। निर्वाचनको मुखमा सामाजिक सञ्जाल र अन्य माध्यमबाट हुन सक्ने यस्ता भ्रामक प्रचारप्रति सतर्क रहन समेत आयोगले सबैमा पुनः अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.