निर्वाचन बिथोल्नेलाई कडा कारबाही गर्ने आईजीपी कार्कीको चेतावनी

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १४:२६

काठमाडौं।। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनका विषयमा जानकारी दिँदै उनले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोसुकैमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिएका हुन्।

गृह मन्त्रालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको उनले बताए। कार्कीका अनुसार अहिले चारवटै सुरक्षा निकायले सूचना संकलन र विश्लेषण गर्दै संयुक्त रूपमा काम गरिरहेका छन्। देशभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी र निर्वाचन सामग्री पुगिसकेको उनले जानकारी दिए।

हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा अत्यधिक चिसो हुने क्षेत्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य तथा बन्दोबस्तीमा विशेष ध्यान दिइएको कार्कीले बताए। दुर्गम स्थानहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्‍याउन हेलिकप्टरको समेत व्यवस्था मिलाइएको छ। उनले मौन अवधिमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने वा आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने बताए।

निर्वाचनको दिन मतदान केन्द्रमा कसैलाई धम्काउने, डरत्रास देखाउने वा बुथ कब्जा गर्ने जस्ता गतिविधि गरेमा खटिएका सुरक्षाकर्मीले तत्काल कानुनी रूपमा बल प्रयोग गर्ने अधिकार पाएको उनले स्पष्ट पारे। मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी रहने र परिस्थिति जटिल बनेमा तत्काल मद्दतका लागि सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने गरी चुस्त व्यवस्था मिलाइएको उनको भनाइ छ।

आईजीपी कार्कीले कुनै पनि डर, त्रास र धम्कीको प्रवाह नगरी निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आम मतदातालाई अपिल गरे। मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्ने र फर्कने पूर्ण भरपर्दो वातावरण तयार भइसकेको भन्दै उनले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सबै नागरिकलाई अनुरोध गरेका छन्।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.