
झापा । पूर्वसभामुख देवराज घिमिरेले झापाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।
घिमिरे नेकपा (एमाले)का तर्फबाट सोही क्षेत्रका उम्मेदवार पनि हुन् । घिमिरेले बिहीबार बिहान ७ बजे मतदान गरेका थिए । उनी उक्त मतदान केन्द्रको पहिलो मतदाता हुन् ।
मतदानपछि छोटो प्रतिक्रिया दिँदै घिमिरेले शान्तिपूर्ण हिसाबले निर्वाचन भइरहेको बताए । ‘अहिलेसम्म कतै केही भएको जानकारीमा आएको छैन,’ उनले भने ।

























