ओखलढुङ्गामा मतदान बिथोलिएको खबर भ्रामक, अफवाह फैलाउनेलाई कारबाही हुने 

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार ११:१९
ओखलढुङ्गामा मतदान बिथोलिएको खबर भ्रामक, अफवाह फैलाउनेलाई कारबाही हुने 

विराटनगर । ओखलढुङ्गामा मतदान बिथोलिएको र गोली लागेर एक जना घाइते भएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचना पूर्ण रूपमा भ्रामक र गलत रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले स्पष्ट पारेको छ ।

ओखलढुङ्गाका प्रहरी प्रमुख डीएसपी मदन केसीले एक विज्ञप्ति जारी गर्दै उक्त हल्लामा कुनै सत्यता नभएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा सम्प्रेषित ओखलढुङ्गा जिल्लामा मतदान बिथोल्ने प्रयास भएको र गोली लागेर एक जना घाइते भएको भन्ने सूचना पूर्ण रूपमा भ्रामक छ ।’

उनका अनुसार हालसम्म ओखलढुङ्गाका सबै मतदान केन्द्रहरूमा मतदान कार्य अत्यन्तै शान्तिपूर्ण र उत्साहजनक वातावरणमा भइरहेको छ । निर्वाचनलाई असर पार्ने गरी गलत अफवाह फैलाउने व्यक्तिको पहिचान र खोजतलास कार्य भइरहेको र उनीहरूलाई कानुन बमोजिम कडा कारबाही गरिनेसमेत प्रहरीले जनाएको छ ।

प्रहरीले यस्ता आधारहीन हल्ला र अफवाहको पछि नलाग्न र निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरेको छ । निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनु दण्डनीय अपराध भएकाले यस्ता गतिविधि नगर्न समेत सचेत गराइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.