आयोगको अनुमति नलिँदा बालेनको हेलिकोप्टर फिर्ता

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार ११:५६

काठमाडौं। काठमाडौंमा मतदान गरेर झापाका लागि उडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चढेको हेलिकोप्टर अवतरण नगरी काठमाडौँ फर्किएको छ। निर्वाचन आयोगसँग पूर्व अनुमति नलिई उडान भरेका कारण उनलाई बीच बाटोबाटै फर्काइएको हो।

हेली एभरेस्टको हेलिकोप्टर चढेर झापा प्रस्थान गरेका शाहलाई अवतरणको अनुमति नदिइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फिर्ता ल्याइएको छ। निर्वाचन आचारसंहिता अनुसार मतदानको दिन हेलिकोप्टर प्रयोग गर्न आयोगको विशेष अनुमति अनिवार्य हुन्छ।

त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार आयोगबाट अनुमति लिएको नदेखिएपछि सुरक्षा र नियमनका कारण उनलाई ल्यान्ड गर्न नदिई फर्काइएको हो। अहिले विमानस्थलमा सुरक्षा व्यवस्था र नियम पालनाका विषयमा थप छलफल भइरहेको छ।

निर्वाचनको दिन यसरी नियम मिचेर उडान भरेको विषयमा आयोगले थप स्पष्टीकरण सोध्न सक्ने देखिएको छ। शाहले काठमाडौँमा आफ्नो मताधिकार प्रयोग गरिसकेपछि चुनावी माहोल बुझ्न झापा जान खोजेको बताइएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.