स्याङ्जाको वालिङमा मतदान स्थगित

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १४:४४

काठमाडौं। स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत वालिङ नगरपालिका-१० स्थित बालज्योति आवासीय विद्यालय मदीखोला मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ। मतदान अधिकृतले प्रत्यक्षतर्फको मतपत्रमा हस्ताक्षर नगरेको फेला परेपछि राजनीतिक दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदा विवाद उत्पन्न भएको हो।

मतदान स्थलमा खटिएका एक सुरक्षा अधिकृतका अनुसार हस्ताक्षर नभएका मतपत्र प्रयोग भएको विषयमा विवाद भएपछि मतदान स्थगित गरिएको हो। अहिले सो केन्द्रमा उत्पन्न विवाद समाधान गरी पुनः मतदान सुरु गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ।

सरकारी अधिकारीहरूले सर्वदलीय सहमति जुटाएर जतिसक्दो चाँडो मतदान प्रक्रियालाई निरन्तरता दिने प्रयास भइरहेको जानकारी दिएका छन्। स्याङ्जाका अन्य मतदान केन्द्रहरूमा भने मतदान कार्य सुचारु रहेको बताइएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.