१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १५:३४

धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कैलालीमा १०७ वर्षीय ज्येष्ठ नागरिकले मतदान गरेका छन्। कैलालीको धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर १०७ वर्षका जनकलाल दाहालले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

गत भदौमा भएको ‘जेनजी आन्दोलन’ पछि प्रतिनिधिसभा विघटन भएकाले आज देशभर नयाँ सदस्य चयनका लागि मतदान भइरहेको छ। ज्येष्ठ नागरिक दाहालको यो सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र चुनावी उत्साहलाई थप उजागर गरेको छ।

यस्तै उत्साह उदयपुरमा पनि देखिएको छ। उदयपुरगढी नगरपालिका–६ जगरेटारका १०२ वर्षीय अमृतबहादुर कार्कीले नेपालटार माध्यमिक विद्यालयस्थित मतदान केन्द्र (क) बाट मतदान गरेका छन्। देशभरका विभिन्न मतदान केन्द्रहरूमा ज्येष्ठ नागरिकहरू उत्साहका साथ सहभागी भइरहेको खबर प्राप्त भइरहेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.