झापामा ५० प्रतिशत मतदान सम्पन्न: क्षेत्र-५ मा सबैभन्दा बढी उत्साह

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १५:५३

भद्रपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा जिल्लामा हालसम्म ५० प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका कुल ७ लाख १३ हजार ५३७ मतदातामध्ये ३ लाख ५६ हजार १८९ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। खसेको मतमध्ये महिला १ लाख ८६ हजार ९४२ र पुरुष १ लाख ६९ हजार २४७ रहेका छन्।

निर्वाचन क्षेत्रअनुसारको विवरण हेर्दा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ५४ प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदातामध्ये ८८ हजार ६४४ मत खसेको छ। यस्तै, क्षेत्र नम्बर ३ मा ५३ प्रतिशत अर्थात् ७३ हजार ९५६ मत खसेको छ।

झापा–१ मा ४७ प्रतिशत (६२ हजार ९ मत), झापा–२ मा ४९ प्रतिशत (७२ हजार १९० मत) र झापा–४ मा ४५ प्रतिशत (५९ हजार ३९० मत) मतदान भएको छ। जिल्लाका सबै मतदान केन्द्रहरूमा हालसम्म शान्तिपूर्ण रूपमा मतदान जारी रहेको सुरक्षा निकायले जनाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.