सुनसरीमा ६४ प्रतिशत मतदान

Share this
816shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १९:४६

इनरुवा। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी जिल्लामा ६४ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार सुनसरीका चार वटै निर्वाचन क्षेत्रमा गरी कुल ५ लाख ८० हजार ९४५ मतदातामध्ये ३ लाख ६९ हजार ६ सय जनाले मतदान गरेका छन्।

सुनसरी क्षेत्र नम्बर १ मा १ लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ। यस क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, नेकपा एमालेका टीकाराम लिम्बू र नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङबीच मुख्य प्रतिस्पर्धा रहेको अनुमान गरिएको छ।

यसैगरी, क्षेत्र नम्बर २ मा १ लाख ५८ हजार ९०१ मतदातामध्ये १ लाख १ हजार ४ मत खसेको छ। क्षेत्र नम्बर ३ मा १ लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १९५ जनाले मतदान गरेका छन्। यस्तै, क्षेत्र नम्बर ४ मा १ लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सुनसरीका सबै मतदान केन्द्रहरूमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अहिले मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने कार्य भइरहेको छ। आयोगले आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.