निर्वाचनलाई भारतको स्वागत: सरकार र नेपाली जनतालाई बधाई

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार २१:२३

काठमाडौं। नेपालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साँझ नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाली नागरिकले उत्साहका साथ लोकतान्त्रिक अधिकारको प्रयोग गरेकोमा खुसी व्यक्त गरेका हुन्।

गत वर्षको ‘जेन-जी विद्रोह’ र त्यसपछिको चुनौतीपूर्ण राजनीतिक परिस्थितिका बाबजुद सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार, नेपाली जनता र निर्वाचन आयोगलाई बधाई दिएको छ। प्रवक्ता जयसवालले नेपालको शान्ति, प्रगति र स्थिरताका लागि भारत सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा निर्वाचनका लागि आवश्यक रणनीतिक तथा भौतिक सामग्रीहरू उपलब्ध गराएको समेत जानकारी दिए।

‘छिमेकी मुलुकको नाताले नेपालको लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन भारतले निरन्तर सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि यो सहकार्य जारी रहनेछ,’ प्रवक्ता जयसवालले भने। भारतले निर्वाचनपछि गठन हुने नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न आफू इच्छुक रहेको समेत प्रस्ट पारेको छ।

दुई देश र जनताबीचको मजबुत एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन र पारस्परिक हितका लागि नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्न भारत प्रतीक्षारत रहेको विदेश मन्त्रालयको सन्देशमा उल्लेख छ। विशेष गरी सीमावर्ती क्षेत्र झापा र मोरङमा भएको उत्साहजनक मतदानलाई भारतीय सञ्चारमाध्यमहरूले पनि प्राथमिकताका साथ कभरेज गरेका छन्।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.