
विराटनगर। तेह्रथुम जिल्लाको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकालले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ढकालले १ हजार २ सय ६२ मत प्राप्त गरी पहिलो स्थान बनाएका हुन्।
तेह्रथुममा एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा टक्कर दिइरहेको छ। रास्वपाका उम्मेदवार सुरेन्द्र कार्की १ हजार २ सय ४९ मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार १ हजार २ सय ४४ मतसहित तेस्रो स्थानमा देखिएका छन्। श्रम संस्कृति पार्टीले भने ६ सय ७२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
हाल छथर गाउँपालिकाको वडा नम्बर १ र २, लालीगुराँस नगरपालिकाको १, म्याङ्लुङ नगरपालिकाको १ तथा मेन्छेयाम गाउँपालिकाको १ र २ नम्बर वडाको मतगणना भइरहेको छ। सुरुवाती परिणामले यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा निकै रोचक हुने संकेत गरेको छ।

























