
झापा । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो अग्रतालाई थप मजबुत बनाएका छन्। मतगणनाको पछिल्लो परिणाम अनुसार बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर फराकिलो बनाउँदै लगेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बालेनले ५ हजार २५४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी केपी शर्मा ओलीले १ हजार २४८ मतका साथ उनलाई पछ्याइरहेका छन्।
यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ३२५ मतसहित तेस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १८५ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत पाएका छन्।
सुरुवाती चरणदेखि नै बालेनले लिएको यो अग्रताले यस क्षेत्रको चुनावी प्रतिस्पर्धालाई निकै रोचक बनाएको छ।

























