तेह्रथुममा नेपाली काँग्रेसका सन्तोष सुब्बा विजयी

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार ०७:४४

विराटनगर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेह्रथुमबाट नेपाली काँग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २ सय मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.