संखुवासभामा मतगणना सुरु गर्ने तयारी

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १०:५६

संखुवासभा । मतपेटिका सङ्कलनमा भौगोलिक विकटताका कारण केही ढिलाइ भएपछि संखुवासभामा आज शनिबार दिउँसो १२:१५ बजेदेखि मतगणना सुरु हुने भएको छ। जिल्लाका सबै १६५ मतदान केन्द्रहरूबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएपछि गणनाको बाटो खुलेको हो।

मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार आज बिहानसम्म सबै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरिसकिएको छ। किमाथाङ्का जस्ता दुर्गम क्षेत्रहरूबाट हेलिकोप्टरमार्फत मतपेटिका ल्याइएको थियो।

मतगणना पूर्व सम्पन्न सर्वदलीय बैठकले दिउँसो सवा १२ बजेदेखि गणना कार्य अघि बढाउने सहमति गरेको छ। जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन् भने शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.