गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १२:२६

गुल्मी। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  जित हासिल गरेको छ। अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार गोविन्द पन्थीले नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टलाई पराजित गरेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पन्थीले १६ हजार ९६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी विष्टले १६ हजार ४०६ मत पाए। पन्थीले विष्टलाई ५६१ मतान्तरले पछाडि पार्दै ऐतिहासिक जित दर्ता गरेका हुन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मतका साथ तेस्रो स्थानमा रहेका छन्। गुल्मीको यो क्षेत्रमा विगत लामो समयदेखि गोकर्ण विष्टको बलियो प्रभाव रहँदै आएको थियो, तर यसपटक रास्वपाका पन्थीले उक्त विरासत तोड्न सफल भएका छन्।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.