
दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहक्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले ऐतिहासिक विजयतर्फ पाइला चालेका छन्।
पछिल्लो मतपरिणाम अनुसार शाहले ओलीलाई ३८ हजार ६५ मतको विशाल अन्तरले पछाडि पारेका छन्। झापा-५ मा कुल १ लाख ६ हजार ३७२ मत खसेकोमा हालसम्म ८२ हजार ११८ मत गणना भइसकेको छ। जसमध्ये बालेन शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन् भने ओलीले १४ हजार ३१ मत मात्रै पाएका छन्। अब गणना गर्न बाँकी मत २४ हजार २५४ मात्रै छ।
बाँकी रहेको सबै मत ओलीको पक्षमा आए पनि बालेनलाई भेट्न असम्भव देखिएकाले यस क्षेत्रमा बालेन शाहको जित सुनिश्चित भएको छ। एमालेको ‘अजेय’ मानिने यो गढमा रास्वपाले निकालेको यो नतिजालाई नेपाली राजनीतिकै ठूलो उलटफेरका रूपमा हेरिएको छ। निर्वाचन कार्यालयले अबको केही घण्टामा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

























