ओलीको राजीनामा माग्दै कास्की एमालेका सल्लाहकार सदस्य आचार्यद्वारा राजीनामा

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १०:३३

पोखरा । नेकपा (एमाले) कास्कीका सल्लाहकार सदस्य खगराज आचार्यले आफ्नो पदबाट राजीनामा दिएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद हार बेहोर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

आचार्यले एक विज्ञप्ति जारी गर्दै पार्टीको वर्तमान अवस्था र नेतृत्वको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् । उनले एमालेका पार्टी अध्यक्ष ओलीको हारपश्चात् पनि पदमा बसिरहनु उचित नभएको उल्लेख गर्दै आफू कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २१ को निवासीका रूपमा आजैका मितिबाट लागू हुने गरी सल्लाहकार पद त्याग गरेको घोषणा गरे ।

राजीनामा दिने आचार्य २०७४ सालको स्थानीय निर्वाचनमा पोखरा–२१ बाट वडाध्यक्ष निर्वाचित व्यक्तित्व हुन् । एमालेको बलियो किल्ला मानिने सो वडामा यसपटकको निर्वाचन परिणाम भने निराशाजनक देखिएको छ । विगतमा ७० प्रतिशतभन्दा बढी मत एमालेले प्राप्त गर्ने गरेको यस क्षेत्रमा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीले ६० प्रतिशतभन्दा बढी मत ल्याएपछि स्थानीय नेताहरूमा नेतृत्वप्रति तीव्र असन्तुष्टि बढेको हो ।

आचार्यले पार्टीका पछिल्ला गतिविधि र नेतृत्वको अडानले संगठनलाई क्षति पुगेको भन्दै अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने र नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिनुपर्ने आवाज उठाउँदै आएका थिए । उनले आफ्नो वडाध्यक्षको कार्यकालमा समेत पार्टीबाट सोचेअनुसारको सहयोग प्राप्त नभएको गुनासो गर्दै आएका थिए । निर्वाचनमा पराजयको श्रृंखला सुरु भएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहसले अब जिल्ला तहसम्मै प्रवेश पाएको यस घटनाले पुष्टि गरेको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.