प्रतिनिधि सभा निर्वाचन: १५० क्षेत्रको नतिजा सार्वजनिक, १५ क्षेत्रमा मतगणना जारी

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १४:३५

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५० क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी १५ क्षेत्रमा मतगणना जारी रहेको छ ।

सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार प्रदर्शन गर्दै ११६ स्थानमा जित हासिल गरिसकेको छ । गणना भइरहेका १५ मध्ये १० स्थानमा पनि रास्वपाकै उम्मेदवारहरूले अग्रता लिइरहेका छन् । प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि सोही पार्टीको पक्षमा ठूलो जनलहर देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार रास्वपाले समानुपातिकतर्फ १८ लाख ५८ हजार ६५९ मत प्राप्त गरी आफ्नो अग्रतालाई थप मजबुत बनाएको छ ।

यस निर्वाचनमा पुराना र ठूला दलहरूको नतिजा भने निराशाजनक देखिएको छ । नेपाली कांग्रेसले हालसम्म १७ स्थानमा मात्र जित निकाल्न सकेको छ भने समानुपातिकतर्फ ६ लाख ३२ हजार ५९३ मत पाएको छ । नेकपा (एमाले) ले ७ स्थानमा विजय प्राप्त गरेको छ भने ३ स्थानमा उसको अग्रता छ । एमालेको समानुपातिक मत ५ लाख ३० हजार ७२३ पुगेको छ ।

अन्य दलहरूमध्ये नेपाली कम्युनिष्ट पार्टीले ६ स्थानमा जित र १ स्थानमा अग्रतासहित २ लाख ५१ हजार ८६४ समानुपातिक मत ल्याएको छ । श्रम संस्कृति पार्टीले २ स्थान जितेर १ स्थानमा अग्रता बनाउँदै ८१ हजार ८३८ मत प्राप्त गरेको छ । त्यस्तै, राप्रपा र स्वतन्त्र उम्मेदवारले १/१ स्थानमा जित निकालेका छन् ।

समानुपातिकतर्फ राप्रपा र अन्यले १ लाख ३६ हजार ११ मत प्राप्त गरेका छन् । बाँकी क्षेत्रको नतिजा पनि छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.